थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
आइतबार, ११ कात्तिक २०८१, ११ : ०२
बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए ।
स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उनले पालिकाको निर्णय विपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री साई पल्लवी भारतीय सेनाबारे दिएको बयानले विवादमा
-
भारतले चन्द्रमा कहिले मान्छे पठाउँछ ?
-
लक्ष्मी सन्राइज बैंकले गर्यो पोखरामा सेवा विस्तार
-
स्वर्णिमलाई प्रश्न : राजनीतिक नागरिक संवाद समितिको काम के हो?
-
ऊर्जा, पर्यटन र सूचना प्रविधिमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह
-
बजेट अभावमा धार्मिक पर्यटन मार्ग योजना अलपत्र