आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँबाट सैनिक जवान पेस्तोलसहित पक्राउ

आइतबार, ११ कात्तिक २०८१, १० : ५६
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–१ राबिनबाट प्रहरीले एक जना सैनिक जवानलाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको भगवती माई गाउँपालिका–७  घर भएका २४ वर्षीय अनिल खड्का छन् ।

खड्का सेनाका जवान हुन् । उनी खड्ग दल गण रामेछापमा कार्यरत रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । आरोपीलाई रानीवनबाट पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

उनलाई अस्थायी प्रहरी बिट रानीवनबाट खटिएका असई डिलबहादुर खत्री नेतृत्वको टोलीले पक्राउ गरेको हो । उनको साथबाट अमेरिकन मेड अटोमेटिक पेस्ताले बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप