आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

रास्वपाले आज पनि सडक आन्दोलन गर्ने

आइतबार, ११ कात्तिक २०८१, १० : ४८
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि सडक आन्दोलन गर्ने भएको छ ।  पार्टी कार्यवहाक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार आज माइतीघर मण्डलामा पार्टीले आन्दोलन गर्ने भएको हो ।

दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा आन्दोलन गर्ने उनले जानकारी दिए । ‘हिजो बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट भएको निर्णय अनुसार आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिइनेछ‚’ उनले भने । 

सहकारीको बचत अपचलनमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले निरन्तर सडक आन्दोलन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप