फिलिपिन्समा बाढी र पहिरोमा मर्ने अनि बेपत्ता हुनेको संख्या कम्तिमा १३०
आइतबार, ११ कात्तिक २०८१, १० : ३८

मनिला । फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण आएको बाढी र पहिरोमा परेर मर्ने र बेपत्ता हुनेको संखया झन्डै १३० पुगेको छ । शुक्रबार उत्तरपश्चिम फिलिपिन्समा ट्रामी आँधीले वितन्डा मच्चाउँदा झन्डै ८५ जनाको मृत्यु भएका थिए भने अरु ४१ जना हराइरहेका छन् ।
यसलाई यसवर्ष फिलिपिन्समा आएको सबैभन्दा विध्वंसकारी आँधी मानिएको त्यहाँको सरकारको विपद प्रतिक्रिया एजेन्सीले भनेको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
दर्जनौं प्रहरी, अग्निनियन्त्रक र अन्य आकस्मिक कर्मचारी कुकुरको साथमा शनिबार बातान्गास प्रान्तको तालिसेको शहरमा हराइरहेका गाउँलेहरूको खोजी गरिरहेका थिए । देशका केही हिस्सामा दुई महीनामा पर्ने पानी २४ दिनमै परेको बताइएको छ । हरेक वर्ष फिलिपिन्समा २० वटा जति आँधी आउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि अनलाइन मार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गरिँदै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’