आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

झनै बिग्रियो दिल्लीको हावाको स्तर, ४०० माथि उक्लियो एक्यूआई

आइतबार, ११ कात्तिक २०८१, १० : ३८
आइतबार, ११ कात्तिक २०८१

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको हावाको स्तर झनै खराब बनेको छ । आइतबार राजधानीका केही क्षेत्रमा हावाको गुणस्तर  ४०० एक्यूआईमाथि उक्लिएको छ । आनन्द विहार आसपासको वायुको गुणस्तर ४०५ मा रेकर्ड गरिएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले यसलाई गम्भीर श्रेणीमा राखेको छ ।

अलीपुरको एक्यूआई पनि ४०३ पुगेको छ । बवाना, जहांगीरपुरी, नेहरु नगर, सोनिया बिहार र विवेक विहार क्षेत्रमा पनि एक्यूआई इन्डेक्स ४०० माथि छ । यी क्षेत्रहरू बाहेक, दिल्लीका धेरैजसो क्षेत्रहरूमा एक्यूआई ३५० देखि ४०० को बिच मापन भएको छ । 

अन्य केही क्षेत्रहरूको एक्यूआई ३०० देखि ३५० बिच रहेको छ । यी सबैको अर्थ हावा खराब स्तरमा छ भन्ने हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप