आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

उसु थाउलो विश्वकपमा नेपालका विजय सिंजालीले जिते कांस्य पदक

आइतबार, ११ कात्तिक २०८१, १० : ३३
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । नेपाली उसु खेलाडी विजय सिंजालीले जापानमा जारी उसु थाउलो विश्वकप–२०२४ मा कांस्य पदक जितेका छन् । जापानको योकोहामामा जारी विश्वकपमा आइतबार बिहान विजयले चेन्सुतर्फ कांस्य पदक जितेका हुन् ।

प्रतियोगितामा विजयले ९.६३६ अंकसहित कांस्य पदक हात पारेका हुन् । उक्त स्पर्धामा आयोजक राष्ट्र जापानका मोतोयोशी एराकीले रजत पदक हात पारे । उनी ९.७६६ अंकसहित दोस्रो भएका हुन् । उक्त स्पर्धाको स्वर्ण पदक भने मलेसियाका वेङ सन वोङले स्वर्ण पदक चुमे । उनले ९.७७३ अंकसहित स्वर्ण जितेका हुन् ।

विजयले अमेरिका, मेक्सिको, बेलायत, युक्रेनलगायतका राष्ट्रका खेलाडीलाई पछि पार्दै कांस्य पदकमाथि कब्जा जमाएका हुन् । विश्वकपमा नेपालले जितेको यो पहिलो पदक हो । नेपालका अन्य दुई खेलाडीको स्पर्धा पनि आइतबार नै परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप