चाडपर्व
गुन्डुका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)
आइतबार, ११ कात्तिक २०८१, ०७ : ०९

भक्तपुर । हिन्दुहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ ।
बिहान शीतमा मखमली फूल टिप्न किसानहरू फूलबारीमा व्यस्त रहने गरेका छन् । मखमली फूलका लागि भक्तपुरको ताथली र गुन्डु प्रसिद्ध छन् ।
अधिकांशका बारीमा ढकमक्क मखमली फुलेका छन् । कतिपयले सयपत्री फूलको खेती गरेका छन् । मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ ।
केही वर्षदेखि यस भेगका कृषकको मुख्य आयस्रोत मखमली फूल खेती बनेको छ । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि नेपाल मखमली, गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ५ गल्ती बन्न सक्छ ब्रेकअपको कारण
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान