आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

सुक्खा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

आइतबार, ११ कात्तिक २०८१, ०० : ०६
आइतबार, ११ कात्तिक २०८१

बझाङ । सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिराले सडक अवरूद्ध भएको हो ।

दुई साताअघि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच दिनसम्म सडक अवरुद्ध बनेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् । उनका अनुसार पटकपटक खस्ने सुक्खा पहिरोले जिल्लाको यातायात सेवा प्रभावित हुँदै आएको छ । पहिरो पन्छाउने काम भइरहेको उनले बताइन् । 

सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताउनुभयो । उहाँले लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको बताइन् । पहिरो खस्दा लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप