आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

विपद् व्यवस्थापन गर्न आर्थिक अभाव : मुख्यमन्त्री कार्की

आइतबार, ११ कात्तिक २०८१, ०१ : ००
आइतबार, ११ कात्तिक २०८१

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गत असोजमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रदेशमा भएको क्षतिको  क्षतिपूर्ति तथा व्यवस्थापन गर्न आर्थिक अभाव भएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धनकुटा स्थानीय विभागको आयोजनामा भएको प्रशिक्षण तथा समीक्षा कार्यक्रममा सहभागी मुख्यमन्त्री कार्कीले भने, 'कोशी प्रदेशमा चार अर्ब ६३ करोड बराबरको क्षति भएको छ, तर हामीसँग पैसा छैन ।'

हाल प्रदेशमा ४० करोड बराबरको विपद् व्यवस्थापन कोष स्थापना गरिए पनि उक्त रकम प्रदेशका १४ जिल्लाका लागि ज्यादै न्यून भएको मुख्यमन्त्री कार्कीले बताए । उक्त विपद् कोष विभिन्न दातृ निकाय र सङ्घीय सरकारको सहयोगमा रु एक अर्बको कोष निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । 

प्रदेशमा भएका सबै क्षतिलाई एकैपटक सम्बोधन गर्न नसकिने भएकाले यसलाई आगामी वर्षहरूमा क्रमिक रूपमा व्यवस्थापन गर्दै लैजाने मुख्यमन्त्री कार्कीको भनाइ थियो । सरकारसँग आर्थिक अभाव भएकाले सबै स्थानीय तहलाई विकास निर्माणका काम गर्दा विपद्‌बाट जोखिम कम हुने किसिमका आयोजनामा विशेष जोड दिन पनि मन्त्री कार्कीले सुझाव दिए ।

विपद् व्यवस्थापनका लागि आर्थिक अभाव भएकाले प्रदेशबाट स्थानीय तहमा प्रवाह हुने चालुतर्फको बजेटमा १० प्रतिशत कटौती गरिने तर पुँजीगत तथा विकास बजेटमा कुनै कटौती नगरिने उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य राजेन्द्रकुमार राई, प्रदेशसभा सदस्यद्वय निरन राई र इन्द्रमणि पराजुलीले एमालेबाट धनकुटा जिल्लाको सात स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप