आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

लामो आयु र निरोगी जीवन चाहनुहुन्छ ? डाइटमा आजैदेखि सामेल गर्नुस् यी चिज

आइतबार, ११ कात्तिक २०८१, ०३ : ३०
आइतबार, ११ कात्तिक २०८१

काठमाडौं । स्वस्थ र लामो आयु होस् भन्ने चाहना हामी सबैको हुन्छ । यसका लागि हामीले खाने आहारको निकै धेरै महत्त्व छ । 

आजको व्यस्त जीवनमा हामी प्रायः स्वस्थ खानेकुरालाई बेवास्ता गर्छौं । तर यदि आफ्नो आहारमा केही विशेष चीज समावेश गर्‍यो भने, हाम्रो आयु त बढ्छ नै आफ्नो स्वास्थ्यमा पनि हामी सुधार ल्याउन सक्छौं । 

आजको यस लेखमा हामी लामो आयु र स्वस्थ जीवनका लागि आजैदेखि आहारमा समावेश गर्नु पर्ने केही चिजबारे कुराकानी गर्नेछौं ।

फलफूल र तरकारी

फलफूल र तरकारीहरू पोषणका उत्कृष्ट स्रोत हुन् । यसमा भिटामिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ, जसले शरीरलाई रोगसँग लड्न मद्दत गर्छ । दैनिक विभिन्न रंगका फलफूल तथा तरकारी खाँदा शरीरलाई सबै प्रकारका पोषक तत्व प्राप्त हुन्छ । 

हरियो पात भएका पालुङ्गो, मेथी जस्ता तरकारी भिटामिन के र आइरनको राम्रो स्रोत हो ।

बोक्रा नफ्याकेको अन्न

ओट्स, क्विनोआ, ब्राउन राइस र जौजस्ता बोक्रा नफ्याकिएका अन्न आफ्नो आहारमा समावेश गर्नुहोस् । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्छ र शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ । 

होल ग्रेनले ऊर्जा दिन्छ र तौल नियन्त्रणमा पनि मद्दत गर्छ ।

नट्स र दाना

बदाम, अखरोट, चिया सीड र सूर्यमुखीको बीउ जस्ता नट्स र दानामा ओमेगा ३ फ्याटी एसिड, प्रोटिन र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसले मुटुको स्वास्थ्य सुधार गर्छ र शरिरमा सुन्निएको पनि कम गर्छ । दैनिक एक मुट्ठी बदाम खानु फाइदाजनक हुन्छ ।

दूग्धजन्य उत्पादनहरू

दूध, दही र पनीरजस्ता दूग्धजन्य पदार्थहरू क्याल्सियम र प्रोटिनका राम्रो स्रोत हुन् । यसले हड्डी बलियो बनाउँछ र मेटाबोलिजम पनि बढाउँछ । ल्याक्टोज असहिष्णु हुनुहुन्छ भने विकल्पको रुपमा तपाईँले भट्मासको दूध वा बादामको दूधको पनि सेवन गर्न सक्नुहुन्छ ।

ग्रीन टी

ग्रीन टीमा भरपूर मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले तौल घटाउन मद्दत गर्छ । ग्रीन टीले मेटाबोलिजम बढाउनुका साथै क्यान्सरको जोखिमलाई पनि कम गर्छ भनेर भनिन्छ । दिनमा एक/दुई कप ग्रीन टी पिउनाले शरीरलाई धेरै फाइदा हुन्छ ।

माछा

साल्मन र म्याकरेल जस्ता मोटा माछा ओमेगा–३ फ्याटी एसिडका राम्रो स्रोत हुन् । यसले मुटुको स्वास्थ्य कायम राख्न मद्दत गर्छ । हप्तामा कम्तिमा दुई पटक माछा खाँदा लाभ हुन्छ ।

हाइड्रेसन

महत्वपूर्ण कुरा पानी पिउन नबिर्सनुहोस् । शरीरको लागि हाइड्रेसन धेरै महत्त्वपूर्ण छ । पर्याप्त मात्रामा पानी पिउँदा शरीरका सबै अंगले राम्रोसँग काम गर्छ । दैनिक ८–१० गिलास पानी पिउनु राम्रो हुन्छ ।

लामो आयु र स्वस्थ शरीरको लागि सही आहार धेरै महत्त्वपूर्ण छ । माथि उल्लेखित चीजहरूले तपाईंको स्वास्थ्यलाई त सुधार गर्छ नै ऊर्जावान र ताजा पनि महसुस गराउँदछ । त्यसैले आजैबाट आफ्नो आहारमा यी कुराहरू समावेश गर्नुहोस् र आफ्ना कदम स्वस्थ जीवनशैलीतर्फ बढाउनुहोस् ।

(नोट : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप