आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

के जाडोयाममा कागती पानी पिउनु हानिकारक छ ?

आइतबार, ११ कात्तिक २०८१, ०४ : ००
आइतबार, ११ कात्तिक २०८१

काठमाडौं । गर्मीमा धेरै मानिसहरू आफ्नो दिनको सुरुवात कागती पानीबाट गर्छन् । खाली पेटमा कागती पानी पिउनाले रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुका साथै तौल घटाउन सहयोग पुग्ने विश्वास गरिन्छ । 

धेरै मानिसहरू हल्का चिसो मौसममा पनि कागती पानी पिउने गर्दछन् । तर जाडोमा भने यसको सेवनलाई बेवास्ता गर्न थाल्छन् । जाडोमा कागती पानी पिउँदा रुघाखोकी जस्ता समस्या हुनसक्ने धेरैको विश्वास छ । अब प्रश्न उठ्छ, जाडोमा कागती पानी पिउनु स्वास्थ्यका लागि साँच्चै हानिकारक हुन्छ त ?

प्रत्येक मौसममा कागती पानी पिउनु फाइदाजनक मानिन्छ । जाडोमा कागती पानी पिउनाले शरीरलाई कुनै हानी हुँदैन । जाडो मौसममा संक्रमण र मौसमी रोगहरू बढ्छन् । 

कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसले मौसमी रोगको जोखिम कम गर्न सक्छ । कागती पानी नियमित पिउनाले शरीरमा रोगसँग लड्ने क्षमता बढ्छ, जसले जाडोमा रुघाखोकी, ज्वरो जस्ता समस्यालाई कम गर्छ ।

जाडोमा मानिसले पानी पिउन बेवास्ता गर्छन् । दिनभरमा २–४ गिलास पानी मात्रै पिउँछन् । यस्तो अवस्थामा शरीरमा पानीको कमी हुन्छ र डिहाइड्रेसन हुने खतरा बढ्छ । 

यसबाट बच्न कागती पानी पिउनु फाइदाजनक हुन्छ । जाडोमा कागती पानी पिउनाले छालालाई स्वस्थ र हाइड्रेटेड राख्छ । धेरैले जाडोमा भारी र बोसोयुक्त खानेकुराको सेवन गर्छन्, जसले पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ । 

कागती पानीले पाचन प्रणालीमा सुधार गर्छ । यसले कलेजोलाई डिटक्सिफाई गर्न मद्दत गर्छ र ग्यास र अपच पनि कम गर्छ । यसले पेटको धेरै समस्या कम गर्न सक्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार जाडोमा कागती मिसाएर मनतातो पानी पिउनु बढी फाइदाजनक हुने भएकाले यसले शरीरलाई डिटक्सिफाई गरी तौल घटाउन मद्दत गर्छ । 

कागती पानीमा कम क्यालोरी हुन्छ र यसले मेटाबोलिज्म बढाउन मद्दत गर्छ । जाडोमा बढेको तौल नियन्त्रण गर्न कागती पानी राम्रो विकल्प हो । यसको नियमित सेवनले भोक कम लाग्न र शरीरको तौल सन्तुलित राख्न मद्दत मिल्छ । 

कागती पानी पिउनाले शरीरमा उर्जाको मात्रा बढ्छ । यसमा पाइने कार्बोहाइड्रेटले शरीरलाई ऊर्जा प्रदान गर्छ । यो पिउनाले शरीरको आलस्य हट्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप