डेनिला कार्की जितिन् मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि

काठमाडौँ । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् । शनिबार बेलुका प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा कार्कीले उपाधि जितेकी हुन् ।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले विजेता कार्कीलाई पुरस्कार प्रदान गरे । यो उपाधिसँगै कार्कीले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाएकी छन् ।
त्यस्तै मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत र एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जितेकी छन् । सो प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भएका छन् ।
रिबन इन्टरटेनमेन्टले आयोजना गरेको सो प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल र एमएस नेपाल इन्टरनेसनलको उपाधि जित्ने राउत र घिमिरेले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा
-
काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा