पाटन प्रिमियर लिग : सुपर सिक्समा आयोजकको शानदार सुरुवात
बैतडी । बैतडीको पाटनमा जारी चौथौँ संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा आयोजक पाटन क्रिकेट क्लबले शानदार सुरुआत गरेको छ । आजको खेलमा पाटनले कुलगडे क्रिकेट क्लबमाथि ८ विकेटको जित निकाल्यो ।
कुलगडेले दिएको ५६ रनको झिनो लक्ष्य पाटनले ४ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जसमा सचिन साउदले २४ र सुमित बुडालले १४ रनको योगदान गरे ।
कुलगडेका सुरज ठगुन्नाले १ विकेट लिए । यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा पहिला ब्याटिङ गरेको कुलगडे ११ दशमलव १ ओभरमा ५५ रनमा अलआउट भयो । पञ्कज लुहारले १७ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
कुलगडेको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच भएको पञ्कज पन्तले ३, शुभाष विष्ट र सुशील भाटले २र२ विकेट हात पारेको स्कोरर तिलक बोहराले बताए । यो जितले पाटनको सेमिफाइनल पुग्ने सम्भावना निकै रहेको छ ।
यसअघि आजै सम्पन्न अर्को सुपर सिक्सको खेलमा पाटन भ्याली क्रिकेट क्लबलाई १६८ रनले स्तब्ध पार्दै कोइनोडा गुरूखोला लायन्सले फराकिलो जित दर्ता गरेको थियो ।
प्रतियोगिताअन्तर्गत आइतबार पनि सुपर सिक्सका दुई खेल हुनेछन् । पहिलो खेलमा पाटन क्रिकेट क्लब र पञ्चेश्वर गाउँपालिका खेल्दा दोस्रोमा पाटन भ्याली क्रिकेट क्लब र निङलाशैनी क्रिकेट क्लबबीच भीडन्त हुनेछ ।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागिता छ । तियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुलाई–सेप्टेम्बरबिच बढेन बेलायतको आर्थिक वृद्धिदर
-
मुग्लिङ–नौबिसे सडकखण्ड आंशिक बन्द गरेर धमाधम काम, तस्बिरहरु
-
सामाजिक सञ्जाल प्रयोगमा कठोर बन्दै दलहरू
-
ओलम्पिक कमिटीको कार्यालयमा प्रहरी परिचालन
-
सर्वोच्चमा सोमबार ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगितको सूचीमा, यस्तो छ कारण
-
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन