डीनएआईजी दुबईको नेपाल च्याप्टर गठनका लागि छलफल सुरु

काठमाडौँ । दुबई नेपालीज् इन्फ्युन्सल ग्रुप (डीएनआईजी–दुबई नेपाली प्रभावकारी समूह) को नेपाल च्याप्टर गठनबारे छलफल सुरु भएको छ । दुबईमा कार्यरत प्रभावशाली नेपालीहरु मिलेर गठन गरेको गैर लाभकारी संस्था डीएनआईजीले नेपाल च्याप्टर गठनका लागि छलफल सुरु गरेको हो ।
केही दिन अगाडि काठमाडौँमा एक छलफल गरिएको थियो । उक्त छलफलमा विभिन्न व्यवसायिक संस्थाहरुका प्रमुखहरु, युवा उद्यमीहरू, विभिन्न कलेजका विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त छलफलमा विभिन्न व्यवसायिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
नेपालमा समेत समान विचारधारा भएका व्यक्तिहरूलाई संगठित गराउने उद्देश्यले नेपाल च्याप्टर गठन गर्न लागिएको संस्थाका संस्थापक मनोज मरहट्टाले जानकारी दिए । अब अर्को बैठकबाट नेपाल च्याप्टर गठन गरिने उनको भनाई छ ।
नेपालसँगै अष्ट्रेलिया, अमेरिका लगायतका अन्य देशमा रहेका नेपालीहरुले उक्त संस्थाप्रति चाँसो व्यक्त गर्दै आएका छन् । युएईमा रहेका नेपालीहरुलाई एक अर्कालाई सहयोग तथा व्यवसायिक विचार आदानप्रदान गर्ने उद्देश्यले खोलिएको थियो ।
यो नेपालीहरूको लागि यूएईमा पहिलो राजनीतिमुक्त व्यवसायिक संस्था हो । यूएईमा रहेका नेपाली समूदायमा व्यवसायिक विचार आदानप्रदान गर्नुका साथै विभिन्न खालका सहयोग आदान प्रदान गर्न खोलिएको मरहट्टाले बताए ।
छोटो समयमै संस्थामा ७०० भन्दा बढी सदस्यहरु आबद्ध भइसकेको उनको भनाइ छ । संस्थामा आबद्ध गराउनका लागि विभिन्न खालका चरणहरु पार गर्नुपर्ने व्यवस्था गरिएको छ । जसमा केही निश्चित प्रश्नहरू गरिने मरहट्टाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक