आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शनिबार, १० कात्तिक २०८१, २२ : ००
शनिबार, १० कात्तिक २०८१

आज मिति २०८१ साल कात्तिक महिनाको १० गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • खबरदारी सभा

प्रमुख प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध काठमाडौँमा शक्ति प्रदर्शन गर्दै खबरदारी गरेको छ । शनिवार काठमाडौँमा सडक प्रदर्शन गर्दै माओवादी केन्द्रले सरकारका कामकारबाहीको आलोचनासहित खबरदारी गर्दै आफ्नो दलको नीतिबारे थप प्रस्ट पार्ने प्रयास गरेको छ । 

  • सहकारी पीडित

 रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने प्रेम घिमिरेले बुटवलको कालिकानगरमा किराना पसल सञ्चालन गरेका छन् । सोही पसलबाट दैनिक बचत हुने रकम उनले बुटवलको सुप्रिम सहकारीमा जम्मा गर्दै आएका थिए ।

  • कलाकार

फिल्म ‘१२ गाउँ’की अभिनेत्री हुन् सनिशा भट्टराई । करिब दुई दर्जन म्युजिक भिडियोमा अभिनयपछि फिल्ममा होमिएकी उनको ‘१२ गाउँ’ डेब्यु फिल्म हो । ‘१२ गाउँ’ले बक्सअफिस तताइरहँदा सनिशा पनि चर्चामा छिन् ।

  • अक्टोबर १ को बदला

 इजरायली सेना (आईडीएफ) ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ। आईडीएफले एक विज्ञप्ति जारी गर्दै सेनाले इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको जानकारी दिएको हो ।  ‘अहिले हाम्रा विमानहरू सकुशल घर फर्किएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

  • बाबुरामका कुरा

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबारे सन्देहपूर्ण धारणा राखेका छन् । बालेनले आगामी २०८४ सालको निर्वाचन अगाडि पार्टी खोल्न सक्ने टीकाटिप्पणी हुने गरे पनि बालेनको लोकप्रियताका बिच आफूले उनको वास्तविकता बुझ्न नसकेको भट्टराईको धारणा छ । 

  • एनआरएनए विवाद

एकता महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले पत्र पठाएकै समयमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एउटा पक्षले साधारण सभा गरेर छाड्ने घोषणा गरेको छ । २०७८ चैतदेखि विवादमा फसेको एनआरएनएलाई मिलाउन भनेर परराष्ट्रले सर्वोच्च अदालतको फैसलाअनुसार पूर्वअध्यक्ष शेष घले र सचिवालयलाई कात्तिक १ मा पत्राचार गरे पनि अहिले बालुवाटारस्थित सचिवालयबाट कामकारबाही गर्दै आएको बद्री केसी पक्षले साधारण सभा रोक्न अस्वीकार गरेको हो ।

  • प्रदेश सम्मेलन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई  सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए ।

  • लिग–२ क्रिकेट

अमेरिका जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । यो शृङ्खलामा नेपाल र अमेरिकासँगै स्कटल्याण्डको पनि सहभागिता रहेको छ । शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहित पौडेलको कप्तानमा नेपाली टोलीको घोषणा गरेको हो ।

  • विधेयक फिर्ता

कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता भएसँगै बागमती प्रदेशमा किसान परिचय पत्र वितरणदेखि कृषि उपजको समर्थन मूल्य तोक्ने विषय प्रभावित भएका छन् । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पुनर्विचारका लागि कार्तिक १ गते फिर्ता गरेका हुन् ।

  • भाइमसला

तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप