कोही नयाँ आए महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्छु : बाबुराम भट्टराई
शनिबार, १० कात्तिक २०८१, २० : १८
_jClnQYRIf6.jpg)
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेतृत्व गर्न सक्ने कोही नयाँ आएको खण्डमा महाधिवेशनबाट आफूले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।
शनिबार सञ्चारकर्मीहरुसँग छलफलका क्रममा रातोपाटीले राखेको जिज्ञासामा उनले महाधिवेशनपछि पनि नेतृत्वमै रहिरहने चाहना आफूलाई नभएको बताए । तर, विकल्प तयार नहुँदासम्म भने छाडिहाल्न पनि नमिल्ने उनको भनाइ थियो ।
उनले पार्टीमा युवा सहभागिता बढाउने पोखरामा सम्पन्न विधान अधिवेशनले निर्णय गरेको उल्लेख गर्दै युवाको सहभागितामै वैकल्पिक राजनीति अघि बढाइने बताए । भट्टराईको पार्टीले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्बिरहरू)