वीरगन्जमा तीन ठाउँमा रक्तदान कार्यक्रम, एकैदिन २४४ पोका रगत सङ्कलन

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा आज बिहान तीन ठाउँमा रक्तदान कार्यक्रमको आयोजना भएको छ । शनिबार मात्रै तीन फरकफरक ठाउँमा आयोजित रक्तदान कार्यक्रममा २४४ पोका रगत सङ्कलन भएको रक्त सञ्चार केन्द्र पर्साले जनाएको छ ।
क्रियाशील युवा पत्रकार मञ्च नेपालले बिहान खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । शुभ दीपावली तथा छठ पर्वको अवसरमा क्रियाशील युवा पत्रकार मञ्चले वीरगन्जको घण्टाघरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आयोजित रक्तदान कार्यक्रममा ६ महिलासहित ५१ जनाले रक्तदान गरेको क्रियाशील युवा पत्रकार मञ्च नेपालले जनाएको छ ।
यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर– १३ राधेमाईस्थित नेपाल निर्माण व्यवसायी संघ पर्साले पनि आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल निर्माण व्यवसायी संघ आयोजना गरेको रक्तदानमा ३ महिलासहित १६१ जना रक्तदान गरेको आयोजक संस्थाले जानकारी दिएको छ ।
त्यस्तै वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१७ अलौंस्थित युनिभर्सल युनाइटेड क्लबले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा ४ महिलासहित ३२ जनाले रक्तदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
-
उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो