सङ्खुवासभाको चिचिलामा एक जनाको हत्या
शनिबार, १० कात्तिक २०८१, १९ : ४५

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ । सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हत्यामा सङ्लग्न दुर्गामायालाई नियन्त्रणमा लिइएको छ । उनको साथबाट प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो खुकुरीसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
-
बुधबार सुनको मूल्य बढ्यो
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
-
दोस्रो उपाधिको खोजीमा रहेका गुजरात र राजस्थान आपसमा भिड्दै
-
अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो