केसी पक्षको कार्यक्रममा नजान प्रधानमन्त्रीलाई आग्रह
शनिबार, १० कात्तिक २०८१, १९ : २९

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को एउटा समूहको नेतृत्व गरिरहेका आरके शर्माले बद्री केसी नेतृत्वको समूहले आयोजना गरेको साधारण सभामा भाग नलिन प्रधानमन्त्री केपी शर्मा ओली तथा वरिष्ठ मन्त्रीहरूलाई आग्रह गरेका छन्।
शर्माले सर्वोच्च अदालतको पहिलो फैसला कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेको र दोस्रो फैसलाले पनि पहिलो फैसलाको कार्यान्वयन गर्न कुनै रोक नलगाएकाले केसी समूहले संघको विधान विपरीत आइतबार र सोमबार काठमाडौँमा गर्न लागेको साधारण सभामा जानु अदालतको मानहानि हुने बताए।
"हामीले सरकार तथा प्रमुख दलहरूले एनआरएनएलाई एकजुट बनाउन सघाउने अपेक्षा गरेका छौँ, एउटा गुटको कार्यक्रम जाँदा ८० लाख एनआरएनको भावनामा ठेस लाग्ने मात्रै न भै त्यो सम्मानित अदालतको मानहानि पनि हुने छ," उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस