प्रचण्ड भ्रष्टाचारको विरोधमा भन्दा हाँसो उठ्छ : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख दलहरूले राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिसहितको परिवर्तनकारी कामहरूमा फड्को हानिसक्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताएका छन् । दलका नेताहरूले यसमा चासो नदिँदा समस्या ज्यूँकात्यू रहेको उनको भनाइ थियो ।
शनिबार राजधानीमा प्रमुख सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरूसँगको छलफलमा उनले भ्रष्टाचार महारोगको रूपमा रहेको तर दलहरूले आफ्नालाई जोगाउने र अर्कालाई हान्नेबाहेक अरू केही नगरेको आरोप लगाए ।
‘भन्नका लागि त भ्रष्टाचार विरोधी भनिन्छ । सुन्दा रमाइलो पनि सुनिन्छ’, उनले भने, ‘अहिले ठुला दलका नेताहरू पालैपालो सरकार चलाइराख्नु भएको छ । आफ्ना पालामा गरेँ त भन्नुहुन्छ तर आफ्नो विरोधीलाई र आफ्नै पार्टीका अर्को गुटकोलाई कारबाही गरेजस्तो देखाउने गरे पनि भ्रष्टाचारको फोहोरको जुन आहाल छ त्यसलाई सम्म्याउन पहलचाहिँ गरेको देखिँदैन ।’
उनले शनिबार माओवादीले काठमाडौँमा गरेको प्रदर्शनप्रति पनि कटाक्ष गरे । भट्टराईले भने, ‘मैले अहिले बढी बोल्न त हुँदैन । तर अहिले प्रचण्डजीले भ्रष्टाचार विरोधमा भन्दा हाँसो उठ्छ’, उनले भने । प्रचण्डले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध कदम चालेको दाबी गर्दै आए पनि वास्तवमा त्यसो हुन नसकेको उनको तर्क थियो ।
यस्तै उनले नयाँ भनिने केही दलहरूले पनि विकल्प दिनुभन्दा पनि नकारात्मकता मात्रै फैलाउन केन्द्रित भएको जस्तो देखिएको भन्दै यसबारे गम्भीर समीक्षा हुनुपर्ने धारणा राखे । नयाँ भनिनेहरू पनि व्यवस्थित हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टीले पहल गर्ने उनको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने