शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँसहित देशका विभिन्न स्थानमा ११ जना मृत फेला

शनिबार, १० कात्तिक २०८१, १८ : २०
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ११ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

  • धनुषा, बटेश्वर गाउँपालिका-५ चन्द्रपुर बजारको ग्राउण्डमा सोही गाउँपालिका दनुवारटोल बस्ने २५ वर्षीय नरेश राय  शुक्रबार मृत अवस्थामा फेला परेको छन् ।  
  • कालिकोट, शुभकालिका गाउँपालिका-५ तल्लो बत्तिस बस्ने ६८ वर्षीय जयरूप रोकाया सोही ठाउँस्थित बोहरा पातल मढेखोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।  
  • सिराहा, मिर्चैया नगरपालिका-६ टेकेन्द्र आईटी सेन्टर नजिक सडकमा कल्याणपुर नगरपालिका-१ बस्ने २७ वर्षीय नितेश कामती शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 
  • उदयपुर, बेलका नगरपालिका-१ पश्चिम टोल बस्ने ५३ वर्षीय बद्री नारायण चौधरी सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 
  • चितवन, भरतपुर महानगरपालिका-१० नयाँ मेडिकल कलेजको कम्पाउण्ड भित्र रहेको सार्वजनिक शौचालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • धादिङ, खनियाबास गाउँपालिका-४ दार्खा बस्ने ७३ वर्षीय श्रीमान् तामाङ सोही ठाउँस्थित बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • कैलाली, गोदावरी नगरपालिका-१२ ओलानीस्थित कोल्मोडाको छोट्यास कुलोमा गोदावरी नगरपालिका-१२ ओलानी आदर्श बस्ती कृष्ण मन्दिर नजिक बस्ने ४५ वर्षीय करन विक शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • नवलपरासी पश्चिम, सुनवल नगरपालिका-९ छडेनी बस्ने १८ वर्षीय सुजन श्रीस आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • तनहुँ, भानु नगरपालिका-१२ ठुलटुडी खोलामा सोही नगरपालिका-१२ सिमपानी बस्ने ७३ वर्षीय पूर्ण बहादुर सार्की शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • काठमाडौं महानगरपालिका-३२ कोटेश्वर आकाशेपुल नजिक रहेको ओल्ड दरवार गेष्ट हाउसमा धनुषा जनकपुर उपमहानगरपालिका-८ घर भई ललितपुर सानो गाउँ बस्ने ४५ वर्षीय शम्भु ठाकुर शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • लमजुङ, मध्यनेपाल नगरपालिका-६ दोभान डाँडा स्थित मादिखोलामा सोही नगरपालिका-७ रामबजार घर भई सोही नगरपालिका-६ भोर्लेटार बस्ने ८१ वर्षीया मधुमाया घिमिरे शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप