शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

शनिबार, १० कात्तिक २०८१, १८ : १३
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । नवलपरासी पूर्व र सङ्खुवासभाबाट हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका-९ विशालटार बस्ने २९ वर्षीय मिलन मानन्धरको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन नेपालीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अर्जुनले धारिलो हतियार प्रहार गर्दा मिलन गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट दलदले र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका मिलनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  

उता सङ्खुवासभाको चिचिला गाउँपालिका-४ मत्क्षपोखरी बस्ने ४५ वर्षीय भीम बहादुर गुरुङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीया दुर्गा माया गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दुर्गाले धारिलो हतियार खुकुरी प्रहार गर्दा भीम बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिचिला र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप