माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
शनिबार, १० कात्तिक २०८१, १७ : ४०

काठमाडौँ । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिराहा, सिराहा नगरपालिका-१० घर भई काठमाडौँ महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
मनोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ७ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ मध्य बानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली आफैँले लिएको परीक्षामा फेल भएः प्रभु साह
-
उमा कुङ्फु संघले मनायो विश्व ताइची तथा छिकुङ दिवस
-
सरकारले आफ्नो आयुको भन्दा उपलब्धीको चर्चा गरोस् : सांसद मनिष झा
-
रास्वपाको प्रश्न: पोखरा विमानस्थलमा भएको भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्ने हिम्मत छ ?
-
फटाहा कुरा गर्ने ‘स्थापित फटाहा’हरु नै हुन् : प्रधानमन्त्री
-
यथार्थपरक नीति तथा कार्यक्रम ल्याउन संसदीय समितिको निर्देशन