उपेन्द्र यादवले सत्ता लोलुपताका कारण पटक-पटक मधेससँग धोका गरे : मन्त्री यादव

वीरगन्ज । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले जसपा नेपाल नेतृत्वको अनैतिक सम्झौताको प्रवृत्ति जनआकाङ्क्षासँग मेल नखाने बताएका छन् । सत्ता लोलुपताका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक मधेसका जनतासँग धोका गरेको मन्त्री यादवको भनाई थियो ।
पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, ‘सत्ता लोलुपताका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक मधेसका जनतासँग धोका गरेको सर्वविदितै छ । हामी त्यस्तो छैनौँ, हामी केवल राजनीति गर्न होइन, जनताको जीवनस्तर सुधार्न र स्थायी परिवर्तन ल्याउनका निमित्त आएका छौँ । जसपा नै अबको विकल्प हो।’
नवप्रवेशीहरूलाई स्वागत गर्दै जसपाका उपमहासचिव समेत रहेका यादवले पार्टीको आधार अझ सुदृढ भएको बताए । उनले भने, “जसपा नेपालबाट निराश भएका नेता तथा कार्यकर्ताहरू अहिले नयाँ विकल्पको खोजीमा हुनुहुन्छ, र यो विकल्प जसपा बनेर आएको छ ।” उनले नवप्रवेशीहरूलाई जनताको हक र समृद्धिको लागि थप जिम्मेवारीका साथ काम गर्न प्रेरित पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ फिल्म ‘बलिदान’को नयाँ पोस्टर
-
फागुन २६ र २७ गते पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने
-
नेपालमा नयाँ एमजी एस ५ इभी सार्वजनिक
-
अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुको तर्फबाट पोखरेलले उम्मेदवारी दिने
-
प्रेस स्वतन्त्रतामा गम्भीर बन्न पत्रकार महासंघ मकवानपुरको माग
-
राजसंस्था फर्किने कुनै सम्भावना छैन : माधव नेपाल