आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले सत्ता लोलुपताका कारण पटक-पटक मधेससँग धोका गरे : मन्त्री यादव

शनिबार, १० कात्तिक २०८१, १७ : २४
शनिबार, १० कात्तिक २०८१

वीरगन्ज । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले जसपा नेपाल नेतृत्वको अनैतिक सम्झौताको प्रवृत्ति जनआकाङ्क्षासँग मेल नखाने बताएका छन् ।  सत्ता लोलुपताका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक मधेसका जनतासँग धोका गरेको मन्त्री यादवको भनाई थियो ।

पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने,  ‘सत्ता लोलुपताका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक मधेसका जनतासँग धोका गरेको सर्वविदितै छ । हामी त्यस्तो छैनौँ,  हामी केवल राजनीति गर्न होइन, जनताको जीवनस्तर सुधार्न र स्थायी परिवर्तन ल्याउनका निमित्त आएका छौँ । जसपा नै अबको विकल्प हो।’

नवप्रवेशीहरूलाई स्वागत गर्दै  जसपाका उपमहासचिव समेत रहेका यादवले पार्टीको आधार अझ सुदृढ भएको बताए । उनले भने, “जसपा नेपालबाट निराश भएका नेता तथा कार्यकर्ताहरू अहिले नयाँ विकल्पको खोजीमा हुनुहुन्छ, र यो विकल्प जसपा बनेर आएको छ ।” उनले नवप्रवेशीहरूलाई जनताको हक र समृद्धिको लागि थप जिम्मेवारीका साथ काम गर्न प्रेरित पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप