शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

उपेन्द्र नेतृत्वका पार्टीबाट निर्वाचित वडा सदस्यहरू अशोक नेतृत्वको पार्टीमा

शनिबार, १० कात्तिक २०८१, १६ : ४८
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट पर्साको पर्सा गढी नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडा सदस्यहरू राजकुमार गुरुङ, रुस्तम हवारी, लाल साह देवी र तेतरी देवी अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका छन् ।

त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा जसपा नेपालबाट निर्वाचित वडा सदस्य जगन महतो पनि जसपामा प्रवेश गरेका छन् । उनीहरूलाई जसपाका उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवले माला र खादा लगाएर स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप