१२ वर्षपछि घरमा टेस्ट शृङ्खला हार्यो भारत

पुने । भारतले १२ वर्षपछि पहिलो पटक घरेलु मैदानमा टेस्ट शृङ्खला गुमाएको छ । शनिबार दोस्रो टेस्टमा न्युजिल्याण्डसँग भारत १ सय १३ रनले पराजित भएको हो ।
योसँगै न्युजिल्याण्डले ३ खेलको शृङ्खलामा २–० को अग्रता बनाएको छ । न्युजिल्याण्डले पहिलो टेस्ट ८ विकेटले जितेको थियो । ३ सय ५९ रनको लक्ष्य पछ्याएको भारतले ६०।२ ओभरमा २ सय ४५ रन मात्र बनाउन सक्यो ।
भारतका लागि ओपनर यशस्वी जैसवालले सर्वाधिक ७७ रनको योगदान दिए । उनले मात्र ६५ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, रवीन्द्र जडेजाले ८४ बलमा ४२ रन जोडे । शुभमन गिलले २३ रन, वासिङ्टन सुन्दरले २१ रन तथा रविचन्द्रन अश्विनले १८ रनको योगदान दिए ।
भारतलाई सस्तोमा समेट्न मिचेल स्यान्टनरले ६ विकेट लिए । अजाज पटेलले २ तथा ग्लेन फिलिप्सले १ विकेट हात पारे । न्युजिल्याण्डले पहिलो इनिङ्समा २ सय ५९ रन बनाएको थियो । जवाफमा भारतले १ सय ५६ रनमा समेटिएको थियो । दोस्रो इनिङ्समा न्युजिल्याण्डले २ सय ४५ रन बनायो । अब तेस्रो तथा अन्तिम टेस्ट नोभेम्बर १ देखि मुम्बईमा खेलिनेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?