शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्डले भने- भाटभटेनी प्रचण्डको हो भनी भ्रम हट्यो

शनिबार, १० कात्तिक २०८१, १६ : ०५
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाटभटेनीमा प्रचण्डको सेयर नरहेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्ट पारिसकेको बताएका छन् । शनिवार माओवादीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले भाटभटेनीमा प्रचण्डको सेयर हो भनी धेरैले भ्रम फैलाएका थिए, तर अहिले आएर प्रधानमन्त्री अ‍ोलीले स्पष्ट गरिसकेको बताए । 

आफ्नो नेतृत्वको सरकारले भाटभटेनीका मालिकलाई कारबाही गरेको थियो तर अहिले प्रधानमन्त्री ओलीले त्यसलाई संरक्षण गरेका कारण अ‍ोली पनि भ्रष्टाचारी रहेको दाबी गरे । उनले भने, ‘यो सरकारले यस्ता धेरै काम गरेका छन् हाम्रो लागि राम्रो भइरहेको छ ।’

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग एमालेले पार्टी कार्यालय निर्माणका लागि जग्गा उपहार लिएको छ । सो जग्गा लिएपछि अहिले प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । प्रचण्ड नेतृत्व सरकारको पालामा बालुवाटारको ललिता निवासको जग्गा खरिद गरेको प्रकरणमा मीनबहादुर गुरुङ पक्राउ परी छुटेका थिए । यसपछि उनी विवाद र चर्चाको पात्र बनिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप