शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

चीन र भारतजस्ता छिमेकी देशसँग हाम्रो राम्रो सम्बन्ध थियो : प्रचण्ड

शनिबार, १० कात्तिक २०८१, १५ : ३६
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको सङ्घर्षबाट बनेको संविधान यसमा कुनै किसिमको छेडखानी नहोस् भनी सचेत गराउनका लागि यो खबरदारी सभा गरेको बताएका छन् ।

माओवादी केन्द्रको बागमती प्रदेश, उपत्यका प्रदेशलगायतले शनिवार आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले बेलैमा सरकारबाट निकालेर राम्रो काम गरेको भन्दै केपी ओलीलाई धन्यवाद दिए । उनले भने, ‘हामी जनतातिर फर्केका छौँ तपाईँहरूको मुक्ति नहुँदासम्म लड्ने छौँ ।’

भ्रष्टाचार, सुशासन र आर्थिक विकासको सन्दर्भमा काम गर्दै गरेको दाबी गर्दै अध्यक्ष अध्यक्ष प्रचण्डले भारत र चीनलगायत छिमेकी देशसँग धेरै राम्रो सम्बन्ध रहेको धारणा राखेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा नेपालले राखेको कुराले विश्वमा नेपालले इज्जत बढेको दाबी गर्दै अध्यक्ष प्रचण्डले सुशासनको पक्षमा कसैले कदम चालेको हो भने त्यो माओवादी चालेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप