रातको १२ बजे दलालहरूको घरमा बनेको सरकारले सय दिनमा प्रमाणित गर्यो : प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलाल र बिचौलियाको घरमा मध्यरातमा बनेको सरकारले सय दिन नपुग्दै आफूलाई प्रमाणित गरेको आरोप लगाएका छन् ।
शनिवार माओवादी केन्द्रले सरकारविरुद्ध काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै प्रचण्डले यो सरकार सुशासन विरुद्ध, भ्रष्टाचारीलाई बचाउन, रातको १२ बजे दलालहरूको घरमा गएर बनेकोमा जे चिन्ता गरिएको थियो त्यसलाई सय दिनमा सरकारले आफैँले पुष्टि गरेको टिप्पणी गरे ।
माओवादी केन्द्रले खबरदारी सभा गर्न लागेपछि सत्ता गठबन्धनले लोकतन्त्र विरोधी गतिविधि भन्दै ७ बुँदे विज्ञप्ति निकालेको उल्लेख गर्दै सरकार ढाल्नका लागि यो खबरदारी सभा नगरेको बताउँदै उनले भ्रष्टाचारी संरक्षण गर्नतिर नलाग्न आग्रह गरे ।
अध्यक्ष प्रचण्डले भने– ‘यो सरकार बनेकोमा हामी र हाम्रो दललाई कुनै चिन्ता छैन । सरकार नयाँ बन्यो भन्ने चिन्ता होइन । सरकार के का निम्ति बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, भ्रष्टाचारीहरू बचाउन बन्यो । यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर जाल झेल र षडयन्त्रबाट बन्यो । यो सरकार दलालहरूको घर घरमा गएर रातको १२ बजे बन्यो । अप्राकृतिक संसर्गबाट बन्यो भनेर मैले संसदमा भनेको थिएँ, सय दिन पुग्दा नपुग्दै हामीले प्रतिनिधिसभामा जे चिन्ता गरेका थियौँ, त्यो सरकारले प्रमाणित गरेको छ ।’
यो सरकार पुरै चलोस् भन्ने आफ्नो भनाई रहे पनि भ्रटाचारीलाई संरक्षण गर्दा आफैँ कुहिएर झर्ने बताउँदै माओवादीलाई दोष दिन नपाउने प्रचण्डले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेका छन्: प्रचण्ड
-
प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
-
तीन हजार भन्दा बढी करदाताले बुझाएनन् विवरण
-
घट्यो ट्रम्पप्रतिको जन समर्थन, ट्रम्पले आफूलाई बलियो बनाउँदै लगेपछि चिन्तित जनता
-
कति पारिश्रमिक पाउँछन् आईपीएलका चियरलिडर्सले ?
-
धरापमा छ टाइगर श्राफको ज्यान ?