युक्रेनमा पुनः रूसी आक्रमण, पाँच जनाको मृत्यु
युक्रेन । युक्रेनमा शनिबार भएको रूसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार आक्रमणमा डिनिप्रो सहरमा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो भने किभ र वरपरको क्षेत्रमा भएको आक्रमणमा एक किशोर र अर्का एक व्यक्तिको मृत्यु भएको थियो ।
डिनिप्रो सहरमा भएको आक्रमणमा परी १९ जना घाइते भएको तथा उक्त स्थानका भवनहरू क्षतिग्रस्त भएको मध्य डिनिप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्गी लिसाकले बताएका छन् ।
लिसाकले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरूमा उद्धारकर्ताहरू भग्नाबशेषमा उद्धारको काम गरिरहेको र अस्पतालको कोठाको झ्याल उडेकोे देखाइएको छ । उनका अनुसार आठ जना घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
रूसले निरन्तर रुपमा किभसहित युक्रेनी सहरहरूमा घातक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । मस्कोले ऊर्जा पूर्वाधार केन्द्रित आक्रमण बढाउदा किभले आफ्ना सहयोगीहरूबाट अझ बढी हवाई सुरक्षाको माग्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल भर्सेस इरान : कसको शक्ति कति ?
-
समाजवादी विद्यार्थी संगठन पर्सा पुनर्गठन
-
सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुवै मोर्चाबाट प्रतिवाद : प्रचण्ड
-
उपेन्द्र नेतृत्वका पार्टीबाट निर्वाचित वडा सदस्यहरू अशोक नेतृत्वको पार्टीमा
-
‘प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन असफल’
-
१२ वर्षपछि घरमा टेस्ट शृङ्खला हार्यो भारत