शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
खबरदारी सभा

सामान्य खबरदारी सभा गर्दा सरकार थुरथुर काम्यो : हितमान शाक्य

शनिबार, १० कात्तिक २०८१, १४ : ४१
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ ।  माओवादी केन्द्रका सचिव हितमान शाक्यले माओवादी केन्द्रले सामान्य खबरदारी सभा गर्न लागेको थाहा पाएपछि सरकारले ७ बुँदे विज्ञप्ति जारी गरेको बताएका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा बोल्दै शाक्यले सरकार थुरथुर काम्दै आफ्नो अवसान देखेको आरोप लगाए । 

डराएको सरकारले सडकबाट सरकार परिवर्तन हुनसक्ने विज्ञप्ति निकालेको बताउँदै माओवादीको सरकार बदल्ने अभियान नभएको बताए । केवल सरकारलाई खबरदारी रहेको उल्लेख गरे । 

प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा समयमा पाठ्यपुस्तक पुर्‍याउने, सरकारी कार्यालयमा लाइन बस्न नपर्ने व्यवस्था जता काम गरेको, भ्रष्टाचारको विरुद्धमा सम्पूर्ण फाइल खोल्ने अभियान चलाएपछि सरकार ढालिएको बताए । 

उनले भने– ‘भ्रष्टाचार विरुद्धको अभियान अघि बढाएपछि त्यसको सुई अहिले सरकारमा बसेका  मान्छेहरूतिर नै सोझियो । उनीहरु बिरुद्ध सुई सोझिएपछि मुटुमा ढ्याङ्ग्रो ठोक्यो त्यसपछि सरकार परिवर्तन खेल सुरु भयो ।’

प्रचण्डले राम्रो काम थालेको, भ्रष्टाचारीलाई पक्राउ गर्न जारी राखेपछि सरकार परिवर्तन भएको बताउँदै उनले बिचौलिया र लुटेरा वर्गले अहिलेको सरकार बनाइदिएको टिप्पणी गरेका छन् । 

जहाँ जहाँ राम्रो काम भइरहेको छ, त्यहाँ त्यहाँ ओली सरकारले आक्रमण थालेको शाक्यको भनाई थियो । विद्युत् प्राधिकरण लगायतका राम्रा काम गरेका संस्था विरुद्धमा सरकार लागेको उनले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप