शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले अर्ब घुस खाँदा केही नहुने रहेछ : रामेश्वर राय यादव

शनिबार, १० कात्तिक २०८१, १४ : २२
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । माओवादी केन्द्रका मधेस प्रदेशका नेता रामेश्वर राय यादवले प्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयका लागि खुलेआम घुस खाएको बताएका छन् । शनिवार काठमाडौँमा भएको खबरदारी सभामा बोल्दै उनले साना कर्मचारीले दुई चार हजार घुस खाँदा समात्ने गरेकोमा ओलीले खुलेआम अर्ब रुपैयाँ खुस खाने प्रणालीको सुरुवात गरेको आरोप लगाए । 

उनले भने– ‘यो सरकारले अर्ब घुस खाने काम गर्‍यो, बिद्युत् प्राधिकरण जस्ता संस्थालाई निजीकरण गर्ने षडयन्त्र गरिरहेको छ । यसमा माओवादी केन्द्र सचेत रहेको छ । माओवादी केन्द्रले सुरु गरेको भ्रष्टाचार नियन्त्रण अभियानको फाइललाई यो सरकारले अघि बढाएन भने म यहीँबाट खबरदार भन्न चाहन्छु, यदि तिमीले सकेनौँ भने माओवादीले हिजोको बुद्धि र तागत बिसाएको छैन भन्न चाहन्छु ।’

देशमा ठुलो परिवर्तन ल्याए पनि केपी ओली सरकारले प्रतिगमन ल्याउन खोजेको बताउँदै परिवर्तनको उपलब्धि उल्टाउन खोजे माओवादीले हात बाँधेर नबस्ने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप