शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा पूर्वमन्त्री गुप्तामाथि आक्रमण प्रयास

शनिबार, १० कात्तिक २०८१, १४ : १८
शनिबार, १० कात्तिक २०८१

लुम्बिनी   प्रदेशका पूर्वसामाजिक विकास मन्त्री चन्द्रकेश  गुप्तामाथि आक्रमण प्रयास भएको  छ।  रुपन्देही क्षेत्र  नम्बर ५ को  ‘ख’ बाट प्रदेशसभा निर्वाचित गुप्तामाथि  लुम्बिनीमा आज  केही युवाले आक्रमणको प्रयास गरेका हुन् ।

युवकहरूको दुई समूहबिच उत्पन्न विवादका बिच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगरातीले जानकारी दिए ।

 इलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडीलाई रोकेर युवाहरूको समूहले हातपातको प्रयास गरेपछि प्रहरीले उद्धार गरी उनलाई आफ्नो कार्यालयभित्र पुर्‍याएको हो ।

गुप्ताले आफूमाथि आक्रमणको प्रयास गरिएको  र गाडीमा सवार विधान्चल यादवको खुट्टामा चोट लागेको बताए । पूर्वसांसद फकरउद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समूहले आफूमाथि आक्रमण गरेको सांसद गुप्ताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप