शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैन : प्रधानमन्त्री ओली

शनिबार, १० कात्तिक २०८१, १४ : १८
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् । शनिबार काठमाडौँमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा ओलीले कांग्रेस र एमाले नेपालको राजनीतिक र सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र कांग्रेसले असाधारण योगदान गरेको बताए । उनले लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भएको दाबी गरे । उनले भने, ‘अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरूमा, योगदानका कुराहरूमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरूमा यी पार्टीहरू सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन् । यिनको प्रतिबद्धता छ । यी पार्टीले डेमोक्रेसी मर्न दिँदैनन् । डेमोक्रेसी, देश, जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था हो । मानव जातीले सामाजिक सुप्रबन्धका लागि विकास गरेका दुई वटा कुरा हुन् । सामाजिक सुप्रबन्धका लागि पहिलो विकास मानवले पोलिटिक्स गरेको हो । त्यसले मात्रै पनि चलेन, अनि त्यहाँ विकास भए पोलिटिकल पार्टीज । राष्ट्रियता एउटा हुन्छ भन्ने पार्ने पोल्टिकल पार्टीले हो । पोल्टिकल पार्टी नहुँदासम्म बन्दुकले बाँधेका जनता नेसन भइसकेका हुँदैनन् ।’

प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशत भन्दा तल झर्न नदिने प्रतिबद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप