इरानमाथि इजरायलको आक्रमणबारे साउदी अरेबियाले के भन्यो ?
शनिबार, १० कात्तिक २०८१, १३ : २९

रियाद । साउदी अरेबियाले इरानमा इजरायली हवाई आक्रमणको निन्दा गरेको छ । साउदी अरेबियाले इजरायली आक्रमणलाई इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको बताएको छ ।
साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरेबियाले इजरायल र इरान दुवैलाई संयम अपनाउन र तनाव कम गर्न अपिल गरेको छ । यससँगै साउदी अरेबियाले मध्यपूर्व क्षेत्रमा जारी सैन्य सङ्घर्षले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ ।
यस क्षेत्रको तनाव कम गर्न र जारी द्वन्द्व अन्त्य गर्न आफ्नो भूमिका र दायित्व निर्वाह गर्न अन्तर्राष्ट्रिय समुदायलाई साउदी अरेबियाले अपिल पनि गरेको छ । यसअघि इजरायलले इरानी सैन्य शिविरमा हवाई हमला गरेको थियो ।
अमेरिकाले इजरायललाई इरानको तेल र आणविक स्थलबाट टाढा रहन पनि चेतावनी दिएको छ । अमेरिकाले इजरायली हवाई हमलाको जवाफ नदिन इरानलाई पनि अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
-
आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?
-
कस्तो रहनेछ तपाईंको आजको राशिफल ?
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव