शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
प्रत्यक्ष प्रशारण

सरकारविरुद्ध माओवादी केन्द्रको खबरदारी सभामा प्रचण्डले सम्बोधन गर्दै ||LIVE||

शनिबार, १० कात्तिक २०८१

नेकपा माओवादी केन्द्रले आज  काठमाडौँमा खबरदारी सभा आयोजना गरेको छ । केपी शर्मा ओली  नेतृत्वको सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गरेको हो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभा काठमाडौँ मलमा जम्मा  नेता तथा कार्यकर्ताहरू जम्मा भई त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गरेका छन् ।  जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा भई रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया