आर्थिक सुधारको सम्बन्धमा आयोगले सरोकारवालासँग माग्यो सुझाव

काठमाडौँ । सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आर्थिक सुधारको सम्बन्धमा सुझाव माग गरेको छ । शुक्रबार आयोगले सूचना प्रकाशित गर्दै करिब ३५ दिनको समय दिएर उद्योगी, व्यवसायी, सङ्घ संस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता र आम सर्वसाधारणसँग सुझाव मागेको हो ।
पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा सरकारले असोज तेस्रो साता आयोग बनाउने निर्णय गरेको थियो । उक्त आयोगमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा.रामप्रसाद ज्ञवाली, अर्थविद् डा.विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल सदस्य रहेका छन् ।
उक्त समितिले आगामी मङ्सिर १५ गतेभित्र यस्तो सुझाव आयोगले उपलब्ध गराएको इमेल ठेगाना तथा आयोगको सचिवालयमा पेस गर्न आग्रह गरेको हो । अहिले आयोगको सचिवालय हरिहर भवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साबुनले धुनु हुन्छ कि हुँदैन अनुहार ?
-
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
-
प्रधानमन्त्री र ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीबीच भेटवार्ता
-
प्रहरीमा १० डीआईजी पद रिक्त, ३ टोलीबिच प्रतिस्पर्धा
-
सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै
-
पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ