इंग्ल्याण्डलाई तेस्रो टेस्टमा हराउँदै पाकिस्तानलाई शृङ्खला

रावलपिन्डी । इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट पाकिस्तानले ९ विकेट जितेको छ । योसँगै टोलीले तीन खेलको शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको हो ।
पहिलो टेस्टमा घरेलु टोली पाकिस्तानमाथि इंग्ल्याण्डले एक इनिङ्स र ४७ रनको शानदार जित हात पारेको थियो । तर, दोस्रो टेस्टमा कम्ब्याक गर्दै पाकिस्तानले १ सय ५२ रनले आफ्नो पक्षमा पार्न सफल भयो ।
तेस्रो टेस्टमा पाकिस्तानले जितका लागि ३६ रनको झिनो लक्ष्य पाएको थियो । जसलाई टोलीले मात्र १ विकेटको क्षतिमा पछ्यायो ।
टोलीका लागि कप्तान शान मसुदले ६ बलमा २३ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । सयम अयुबले ८ रन तथा अब्दुल्लाह सफिकले ५ रन बनाए ।
यसअघि, पाकिस्तानले इंग्ल्याण्डलाई दोस्रो इनिङ्समा १ सय १२ रनमा सीमित गरेको थियो । दुई स्पिनर नोमान अलि र साजिद खानसामु इंग्ल्याण्ड फेरि एकपटक निरीह देखियो । अलिले ६ विकेट लिए भने खानले ४ विकेट हात पारे ।
इंग्ल्याण्डका लागि जो रुटले सर्वाधिक ३३ रन बनाए । त्यस्तै ह्यारी ब्रुकले २६ रन, बेन डकेटले १२ रन तथा गस एट्किन्सन र ज्याक लिचले १०–१० रनको योगदान दिए ।
इंग्ल्याण्डले पहिलो इनिङ्समा २ सय ६७ रन बनाएको थियो भने जवाफी ब्याटिङमा पाकिस्तानले ३ सय ४४ रन जोडेको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल