शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

थाहा नगरपालिकामा प्लास्टिकको फूलमाला विक्री तथा प्रयोगमा रोक

शनिबार, १० कात्तिक २०८१, १२ : ४९
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकाले प्लास्टिकको फूलमाला विक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहारमा प्लास्टिकका फूलमाला विक्री वितरण तथा प्रयोगमा रोक लगाएको हो ।

गत कात्तिक ६ गतेको नगर प्रमुख सहितको बैठकको निर्णय अनुसार नगरपालिका क्षेत्र भित्र प्लास्टिकमा फूलमाला बिक्री वितरणमा रोक लगाइएको हो । प्लास्टिकका फूलको प्रयोगले वातावरणमा क्षति पुर्‍याउनको साथै वातावरणीय सौन्दर्य समेतमा नकारात्मक असर पर्ने र माटोमा नकुहिने, नगल्ने हुनाले कृषि क्षेत्रमा समेत प्रभाव पर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले स्वदेशी तथा स्थानीय प्राकृतिक फूलमालाको प्रयोग गर्न आम नागरिकहरूमा अनुरोध समेत गरेको छ । नगरपालिकाले जारी गरेको सूचना विपरीत कार्य गरेको पाइएमा नियमनको दायरामा ल्याउने बताइएको छ ।

थाहा नगरपालिकाका मेयर विष्णु विष्टका अनुसार स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवम् प्रवर्द्धन नगरपालिका तथा आम नागरिकहरूको दायित्व रहेकाले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको हो । पर्यटकीय नगरको रुपमा परिचित थाहा नगरपालिकाले प्लास्टिक तथा प्लास्टिकका फूलमाला विक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरिएको उनले बताए ।

‘सफा शहर बनाउन हरेक व्यक्तिको कर्तव्य हो । आयातित प्लास्टिकका फूलमाला प्रयोगबाट प्राकृतिक सौन्दर्यतामा असर पर्नुको साथै प्रयोगपश्चात सार्वजनिक स्थान, सडक, नदीमा फाल्ने जलाउने गर्दा वायु प्रदूषण हुने गर्दा छ । जसले मानव स्वास्थ्यमा (मुटु, फोक्सो, आँखा) समेत असर गर्दछ ।’ उनले भने, ‘प्राकृतिक फूलहरुको प्रयोग गरेर वातावरणसँगै मानव स्वास्थ्यको असर न्यूनिकारणमा ध्यान दिनुपर्छ ।’

plastic flower

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप