शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

रतन टाटाको सम्पत्ति भागबन्डा, कसले के पाए ?

शनिबार, १० कात्तिक २०८१, १२ : ३६
शनिबार, १० कात्तिक २०८१

नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी रतन टाटाको निधनपछि उनको सम्पत्तिको उत्तराधिकारी को बन्ला भन्ने चासो धेरैमा थियो । टाटा ग्रुपले आफ्नो नयाँ उत्तराधिकार पाइसक्यो । 

यसैबिच रतन टाटाको इच्छापत्रमा धेरै व्यक्तिको नाम रहेको खबर आएको छ जसमा अन्तिम दिनसम्म उनका सहायकका रूपमा रहेका किशोर शान्तनु नायडूको पनि नाम छ । यसबाहेक टाटा समूहका विभिन्न कम्पनीमा कसले शेयर पाउने भन्ने पनि जानकारी दिइएको छ । रतन टाटाको सबैभन्दा ठुलो सम्पत्ति समूह कम्पनीहरूमा उनको हिस्सेदारी हो । यसबाहेक उनीसँग एउटा बङ्गला, कार र अन्य सम्पत्ति पनि उनको इच्छापत्रमा उल्लेख छ । 

रतन टाटाको सम्पत्ति कुन–कुन व्यक्ति वा संस्थाले पाउने भए ?

परोपकारी ट्रस्टहरूलाई शेयर दान गर्ने टाटा समूहको परम्परालाई ध्यानमा राख्दै, रतन टाटाको शेयर रतन टाटा इन्डोमेन्ट फाउन्डेशन (आरटीईएफ)मा हस्तान्तरण गरिनेछ । टाइम्स अफ इन्डियाले स्रोतहरूलाई उद्धृत गर्दै छापेको समाचारअनुसार टाटा सन्सका प्रमुख एन चन्द्रशेखरनले आरटीईएफको अध्यक्षता गर्न सक्नेछन् ।

कसले पाउने भयो बङ्गला ?

रतन टाटा आफ्नो जिन्दगीको अन्तिम दिन बिताएको कोलाबाको हलेकाई हाउस टाटा सन्सको पूर्ण सहायक कम्पनी इभार्ट इन्भेष्टमेन्टसँग छ । यसको भविष्य इवार्टले नै निर्धारण गर्नेछ । रतन टाटाले हलेकाई हाउस र अलिबाग बङ्गला दुवै डिजाइन गरेका थिए तर अलिबागको सम्पत्ति कसले  पाउँछ भनेर स्पष्ट छैन ।

रतन टाटा र उनको परिवार (भाइ जिमी, सौतेनी भाइ नोएल टाटा र सौतेनी आमा सिमोन टाटाले)ले पिता नवल टाटाको मृत्युपछि मुम्बईको समुन्द्री किनार जुहुमा रहेको घर पैतृक सम्पत्तिमा पाएका थिए । धेरै वर्षदेखि यो घर बिक्री गर्ने योजना थियो । त्यसैले यो घर २० वर्षदेखि बन्द अवस्थामा रहेको स्रोतले जनाएको छ ।

आईटीईएफलाई जानेछ सम्पत्ति

टाटा सन्सको शेयर बाहेक, टाटा मोटर्ससहित टाटा समूहका अन्य कम्पनीहरूमा रतन टाटाको शेयर पनि आईटीईएफमै हस्तान्तरण हुनेछ । सन् २०२२ मा स्थापित भएको आईटीईएफ गैर–लाभकारी संस्था हो ।

रतन टाटासँग २०–३० वटा कारहरूको सङ्कलन पनि छ । जसलाई अहिले कोलाबाको हलेकाई निवास र ताज वेल्स लिङ्गटन मेउज सर्भिस्ड अपार्टमेन्टमा राखिएको छ । यी कार के गर्ने भन्नेबारे विचार भइरहेको बताइएको छ । यसमध्ये केही विकल्प चाँहि पुणेको सङ्ग्रहालयमा प्रदर्शनमा राखिने वा टाटा समूहद्वारा अधिग्रहण वा लिलामी गर्नेलगायतका छन् ।

सहायक शान्तनुका लागि रतन टाटाले के छोडे ?

केही वर्ष अघि रतन टाटाको साथमा एक किशोर निकै भाइरल भएका थिए । उनी जति बेला जहाँ पनि रतनकै साथमा देखिन्थे । शान्तनु नायडु नाम गरेका ती किशोरलाई रतनले आफ्नो सहायक बनाएका थिए । 

रतन टाटाको इच्छापत्रमा तिनै कार्यकारी सहायक शान्तनु नायडूको नाम पनि छ । रतन टाटाले नायडुसँगको संयुक्त भेञ्चरमा आफ्नो हिस्सेदारी छोडेका छन् र विदेशी शिक्षाका लागि नायडुले लिएको व्यक्तिगत ऋण पनि माफी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप