शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
तिहार

तिहारका लागि एक अर्ब बराबरको भाइमसला भित्रियो

शनिबार, १० कात्तिक २०८१, १२ : ३४
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको हो । 

जसमध्ये  १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ताआयता भएको छ भने २६ करोड १ लाख ६८ हजार रुपैयाँको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ । 

यसैगरी १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको २ लाख ३२ हजार ६९३ किलो बदाम, ३ लाख २० हजार ८७८ हजार रुपैयाँको ६० लाख ६३ हजार ५९५ किलो नरिवल २ लाख रुपैयाँको २४० किलो कटुस, १ करोड ३० लाख रुपैयाँको १ लाख २४ हजार १७७ किलो छोकडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।  

यस्तै १० करोड ६१  लाख ६१ हजार रुपैयाँको ३२४६७५ किलो किसमिस र २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ओखर आयात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप