जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार
शनिबार, १० कात्तिक २०८१, १२ : २३

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले शुक्रबार उद्धार गरेको छ । उद्धार गरिएकाहरू सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का व्यक्तिहरू रहेका छन् ।
उनीहरू सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए । सो बारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ टक्सार गुल्म भोजपुर र सुरक्षा वेश नागी भोजपुरको सुरक्षा फौजले सोही ठाउँको मझुवा जंगलभित्र रहेको गोठमा फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘चीन ट्रम्पभन्दा राम्रो पार्टनर हो’ भन्ने सन्देश लिएर मलेसिया पुगे सी
-
मधेस प्रदेशका पूर्व प्रमुखविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
-
४७ औँ इफाप्का सम्मेलनमा नेपाललाई सम्मान
-
प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी : ४० प्रतिशतसम्म छुट
-
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
-
बजेट अधिवेशनमा शिक्षकको माग टुङ्ग्याउन सम्भव छैन : सभामुख