इजरायली आक्रमण रोकिएपछि इरानको हवाई सेवा पुनः सञ्चालनमा
शनिबार, १० कात्तिक २०८१, १२ : २०

बगदान । इरानले आफ्नो उडान सेवा पुन: सुरु गरेको छ । इरानको नागरिक उड्डयन मन्त्रालयले स्थानीय समय अनुसार बिहान ९ बजेदेखि सबै उडान सेवा सामान्य रूपमा सुरु भएको जनाएको हो ।
इजरायलले हवाई आक्रमण गरेपछि इरानले आफ्नो हवाई सेवा बन्द गरेको थियो । यसअघि इजरायली सेनाले इरानका ‘सैन्य लक्ष्यहरूमा सटिक आक्रमण’ गरिरहेको बताएको थियो ।
पछि इरानले पनि इजरायलले आफ्नो सैन्य अखडालाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको थियो । इरानको वायुसेनाले इजरायलले तेहरान, खुजेस्तान र इलाम प्रान्तमा रहेको सैन्य शिविरलाई निशाना बनाएको जनाएको थियो ।
इजरायली सेनाले इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरिसकेको र उसका विमानहरू सुरक्षित रूपमा फर्किएको भन्दै केही समयअघि इरानी रक्षा बल (आईडीएफ) ले एउटा विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्ग : वैकल्पिक सडक निर्माण गरिँदै
-
कुर्दिश लडाकु समूहलाई ढिलाइ नगरी निःशस्त्रीकरण एर्दोगानको आग्रह
-
उपभोक्ता अदालत सञ्चालनमा आयो, सहज होला न्याय ?
-
‘कर्मा’को गीतमा रोमान्टिक देखिए उपासना र विपिन
-
‘अन्यत्र उपभोक्ता अधिकारका मुद्दाले राष्ट्र नै हल्लाउने गरेका छन्’
-
राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस