पर्यटकीयस्थल मोहरेडाँडामा ड्रोनबाट सामान ढुवानी
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ ।
ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो ।
“केन्द्रका प्राविधिक टोलीले शुक्रबार र शनिबार नागीबाट मोहरेडाँडामा ड्रोनमा झुण्ड्याएर सामान पठाएर परीक्षण गर्नुभएको थियो”, उनले भने, “पहाडी र विपद् प्रभावित क्षेत्रमा औषधि र उपभोग्य अत्यावश्यक सामान ढुवानी गर्न ड्रोन उपयोगी देखिए ।” मोहरेडाँडालगायत पर्यटकीयस्थलमा सामान ढुवानीका लागि ड्रोनको प्रयोगलाई निरन्तरता दिन आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनसँग समन्वय भएको अध्यक्ष पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन-एक प्रवाह एक शृङ्खला सार्वजनिक
-
पर्यटनबाट समृद्धि सम्भव छ : महासचिव गुरुङ
-
राप्ती सोनारी रनको उपाधि आयुस र अनिशालाई
-
शिक्षक सरुवाको आक्रोशमा नगरपालिका र मेयरको घर तोडफोडमा संलग्न १० जना माथि मुद्दा, मुख्य योजनकार पक्राउ
-
डोटीमा किबीखेती विस्तार गरिँदै
-
भृकुटीमण्डपमा माओवादीको खबरदारी सभा, २५ तस्बिरमा हेर्नुहोस्