विरोध प्रदर्शनले काठमाडौँको यातायात प्रभावित, प्रदर्शनीमार्ग छिर्ने सडक बन्द

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले काठमाडौँमा सरकारविरुद्ध गरिरहेको विरोध प्रदर्शनका कारण सडक यातायात प्रभावित भएको छ । प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहअगाडिको सडकमा मञ्च बनाएका कारण सो बाटोमा सवारी निषेध गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीले जानकारी दिए ।
यस्तै सुनधारा, रत्नपार्क, बागबजार, पुतली सडक क्षेत्रमा पनि सडक जुलुसका कारण यातायात प्रभावित भएको छ । जुलुस रहँदासम्म यी सडकमा यातायात अवरुद्ध हुने कार्कीले बताए ।
काठमाडौँमा अन्य स्थानमा भने सवारी आवागमनमा कुनै प्रभाव नपर्ने उनले बताए । शनिवार काठमाडौँमा माओवादी केन्द्रले सरकारको कामकारबाहीका विरुद्ध विरोध प्रदर्शन गर्दै छ । विरोध प्रदर्शनमा ३० हजार हाराहारी कार्यकर्ता सहभागी हुने माओवादी केन्द्रले दाबी गरेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलको सभापति रवि लामिछानेलाई सरकारले फसाएको भन्दै थुनामुक्त माग गर्दै टीयू गेट तीनकुनेमा विरोध प्रदर्शन गर्दै छ ।
उता राजावादी समूह शाही युवा शक्तिले पूर्वाराजा ज्ञानेन्द्रको पुर्नवहालीको माग गर्दै गोगंवु बसपार्कदेखि नारायणहिटीसम्म विरोध प्रदर्शन गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व डीआईजी छविलाल जोशी केहीदिन अस्पताल बस्ने
-
५ वर्षको प्रेम सम्बन्ध टुटेपछि प्रेमिकालाई ब्ल्याकमेल, प्रेमीको साथी पक्राउ
-
मिलोमतोमा स्थानीय तहलाई स-सर्त अनुदान वितरणमा माओवादी केन्द्रको ध्यानाकर्षण
-
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ
-
दोब्बरले बढ्यो भैरवस्थान मन्दिरको भेटी
-
अस्ट्रेलियाले मानेन ट्रम्प ट्यारिफविरुद्ध हात मिलाउने चीनको प्रस्ताव