एक कोसो केराको दाम १५ लाख डलर !
![एक कोसो केराको दाम १५ लाख डलर !](https://npcdn.ratopati.com/media/news/capture111_8lCCPRR3fx.jpg)
वासिङ्टन डीसी । एक कोसो केराको मूल्य कति पर्ला ? केही रुपैयाँ, सय वा हदै भए हजार । तर सन् २०१९ मा डक्ट टेपले टाँसिएको एउटा केरा १ लाख २० हजार डलरमा बिक्री भएको थियो । यो खबर सामाजिक सञ्जालमा यति भाइरल बन्यो कि कलाको अर्थबारे व्यापक चर्काचर्की भयो । तर कलाकार माउरिजियो क्याटलानको ‘कमेडियन’ शीर्षकको उक्त भाइरल कृतिमा गरेको लगानी अहिलेसम्म पनि उपर्युक्त साबित हुन सकेको छैन ।
यसैबिच शुक्रवार लिलाम गृह सूथबीले तीन संस्करणको सोही कलाकृतिको एउटा संस्करणको विक्री घोषणा गरेको छ । यसपटक सो कृतिले १० लाखदेखि १५ लाख डलरसम्म पाउने आशा गरिएको छ । यति ठुलो राशि खर्च गर्ने क्रेताले बदलामा डक्ट टेपको सानो टुक्रा र एउटा केरा पाउनेछन् अनि सो कृति जडान गर्ने निर्देशिका र सो कृतिको मौलिकतासम्बन्धी प्रमाणीकरण पाउनेछन् ।
टेप र केरा दुवै सक्कली नभएको सूथबीले सीएनएनसँग पुष्टि गरेको छ । ‘कमेडियन’ अवधारणात्मक कलाकृति भएको बताइएको छ । हरेक पटक भित्तामा टाँस्दाखेरि यसलाई फेरिन्छ । केहीले यसलाई अवधारणात्मक कृतिको धनी परम्परा भनेका छन् भने केहीले यसको मूल्यमाथि प्रश्न उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक
-
श्रमिकको न्यूनतम तलब २८ हजार बनाउन माग
-
विपद् व्यवस्थापनमा सरकारको भूमिका खोज्दै बागमतीका सांसद
-
लाभा बचत तथा ऋण सहकारीको स्वतन्त्र अडिट सुरु, एक महिनामा प्रतिवेदन बुझाउन महानगरको निर्देशन
-
कंगोमा जेलब्रेकका दौरान १५० भन्दा बढी महिलाको कैदीको बलात्कारपछि हत्या
-
नागरिकप्रति उत्तरदायी हुन मन्त्री महर्जनको निर्देशन