‘स्प्ल्यास डाउनपछि’ स्पेस एक्स क्रु–८ का अन्तरिक्ष यात्री अस्पताल भर्ना

वासिङटन डीसी । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाका तीन र रुसका एक जना अन्तरिक्ष यात्री अस्पतालमा भर्ना भएका छन् । स्पेस एक्सको क्रु ड्र्यागन क्प्याप्सुल चढेर ह्युष्टनमा रहेको बेसमा फर्किने क्रममा शुक्रवार बिहान स्प्ल्यास डाउन भएपछि चारै जनालाई एक्कासि फ्लोरिडाको अस्पतालमा भर्ना गर्नुपरेको हो ।
‘मेडिकल इस्यू’ का कारण एक जनालाई शुक्रवार मध्याह्नसम्म अस्पताल राख्नुपरेको बताइएको छ । अन्य तीन अन्तरिक्ष यात्री भने शारीरिक चेक जाँच पछि ह्यूष्टनमा रहेको नासाको जोनसन स्पेस सेन्टरमा गएका थिए ।
अस्पतालमा कुन अन्तरिक्ष यात्री रहेका छन् भन्नेबारे नासाले केही पनि बताएको छैन । क्रु मेम्बरको मेडिकल गोपनीयताको सुरक्षाका लागि व्यक्तिको अवस्था र पहिचान साझा नगरिने शुक्रवार मध्यान्ह जारी विज्ञप्तिमा नासाका समाचार प्रमुख चेर्ल वार्नरले भनेका थिए ।
अस्पतालमा रहेका अन्तरिक्षयात्रीको अवस्था स्थिर रहेको र उनी चिकित्सकहरूको निगरानीमा रहेको बताइएको छ । अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा ८ महिना बिताएर फर्किएका चारै जना अन्तरिक्ष यात्री बोकेको क्याप्सुल मेक्सिको अफ गल्फमा शुक्रवार बिहान ३ः २९ बजे अवतरण भएको थियो । तर यस क्रममा यान स्प्लास डाउन भएको थियो । त्यसलगत्तै चारै जनालाई स्थानीय अस्पतालमा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस