तिहारका लागि १७ लाख रुपैयाँ बराबरको प्लास्टिकको फूलमाला भित्रियो
शनिबार, १० कात्तिक २०८१, ११ : ३३
![तिहारका लागि १७ लाख रुपैयाँ बराबरको प्लास्टिकको फूलमाला भित्रियो](https://npcdn.ratopati.com/media/news/flower_WjJw4SCCxb.jpg)
काठमाडौँ । तिहारका लागि १७ लाख रुपैयाँ बराबरको प्लास्टिकको फूलमाला आयात भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १७ लाख ३७ हजार रुपैयाँ बराबरको ४ हजार २२८ किलो प्लास्टिकका फूलमाला आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
उक्त फूलमाला आयात हुँदा ९ लाख २३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । यता काठमाडौँ महानगरले सूचना जारी गर्दै महानगरभित्र प्लास्टिकको फूलमाला बिक्री वितरणमा निषेध गरेको छ । तर भन्सारबाट निर्वाध रूपमा नै प्लास्टिकका फूलमाला आयात भइरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै