शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी,रास्वपा र राजावादी समूहले काठमाडौँमा छुट्टाछुट्टै विरोध प्रदर्शन

शनिबार, १० कात्तिक २०८१, ११ : २२
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ ।  शनिवार काठमाडौँमा दुई राजनीतिक दलका साथै राजावादी समूहले सडक प्रदर्शन गर्दैछन् । नेकपा माओवादी केन्द्रले सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध विशेष ‘खबरदारी सभा’ गर्दैछ ।

बिहान साढे ११ बजे माओवादीका कार्यकर्ताहरूले भद्रकाली, सुन्धारा, काठमाडौँ मल अगाडि भेला भई ती स्थानबाट जुलुस निकाल्दैछन् । जुलुसले रत्नपार्क, बागबजार, पुतलीसडक, र पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकसम्म प्रदर्शन गर्ने तयारी छ ।

राष्ट्रिय सभागृह अगाडिको सडकमा सभास्थल बनाइएको छ । जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । 

यता राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलका सभापति रवि लामिछानेलाई सरकारले झुठा मुद्दामा फसाएको भन्दै कीर्तिपुरस्थित त्रिवि गेट अगाडि केन्द्रित भई विरोध प्रदर्शन गर्दैछ । आजै सो दलले पोखरा र भरतपुर चितवनमा पनि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ । 

यस्तै आजै काठमाडौँमा राजावादी समूह ‘शाही युवा शक्ति, नेपाल’ ले गणतन्त्रको विरुद्धमा प्रदर्शन गर्दैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सिंहासन राख्न आह्वान गर्दै गोङ्गबु बसपार्कबाट नारायणहिटी राजदरबारसम्म र्‍यालीको आयोजना गर्दैछ । 

‘गणतान्त्रिक व्यवस्था खारेज गरौँ, ज्ञानेन्द्र सरकारको तेस्रो पटक राज्यारोहणका लागि जनदबाब सिर्जना गरौँ’ भन्ने नाराका साथ हुने यो र्‍यालीमा राष्ट्रिय झन्डासहित विरोध र्‍याली हुँदैछ । गोङ्गबु बसपार्कबाट र्‍याली सुरु गरी नारायणहिटी राजदरबारसम्म  प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप